शाहीलाई चौबिसकोठीमा आक्रमण गर्ने एक पक्राउ

शाहीलाई चौबिसकोठीमा आक्रमण गर्ने एक पक्राउ


भ्रष्टाचारविरोधी अभियान गर्दै आएका ज्ञानेन्द्र नामले चिनिएका ज्ञानबहादुर शाहीमाथि चितवनमाा आक्रमण गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले जनाएअनुसार सो अभियोगमा भरतपुर महानगरपालिका–११ निवासी ३२ वर्षीय अविरल पोख्रेल पक्राउ परेका हुन् ।

पोख्रेलललाई आइतबार साँझ पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार पक्राउ परेका पोख्रेलमाथि अनुसन्धान शुरु गरिएको छ । अन्यको खोजी भइरहेको उनले जनाएका छन् ।

गत असोज ११ गते भरतपुरस्थित चौबिसकोठीमा नेपालका लागि नेपालीले आयोजना गरेको कार्यक्रम शुरू हुनै लाग्दा शाहीमाथि आक्रमण भएको थियो । कार्यक्रम स्थगन भएपछि ग्लोबल होटलबाट बा३ख ८४५८ नम्बरको माइक्रोमा फर्कने क्रममा होटल परिसरमा नै शाहीमाथि आक्रमण भएको थियो ।

आक्रमणकारीहरुलाई भरतपुरकी मेयर रेनु दाहालको संरक्षण रहेको शाही पक्षधरले आरोप लगाउँदै आएका छन् । चितवन प्रहरीसमेत दाहालको इशारामा चलिरहेको उनीहरुको दाबी छ ।