साग ह्याण्डबलको अन्तिम चरणको छनोट सम्पन्न

साग ह्याण्डबलको अन्तिम चरणको छनोट सम्पन्न


नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत हुने ह्याण्डबल महिला तथा पुरुष खेलाडीहरुको अन्तिम छनोट सम्पन्न गरिएको छ । यही मंसिर १५ देखि २४ गतेसम्म पोखरामा १३औँ साग अन्तर्गत हुने ह्याण्डबल महिला र पुरुषतर्फ १६–१६ जना खेलाडी अन्तिम छनोटमा परेका हुन् ।

नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङका अनुसार पुरुषतर्फ छनोटमा परेका खेलाडीहरूमा विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, दिपक सिंह बोहोरा, संदिप कार्की, रणसिं रावत, इन्द्रनारायण चौधरी, मदनचुनारा, श्रीबहादुर सिंजाली, यमबहादुर पुन, आषिशअधिकारी, केशव विष्ट, सरोज सिंह, सन्तोष श्रेष्ठ, हेमन्त थापा र शरण थापा रहेका छन् ।

त्यस्तै महिला टिमतर्फ छनोटमा परेकाहरुमा बबिता श्रेष्ठ, अर्चना न्यौपाने, संगिता चौधरी, कविता राई, बन्दना राई, दुर्गा बोहोरा, रञ्जना राई, शान्तिकला राई, झिनमाया थापा, र्आइालामू शेर्पा, रामकुमारी चौधरी, शारदा विक, कल्पनावली, उमा राई, निशा राई र देवकुमारी बास्कोटा रहेका छन् ।

छनोट समितिले पुरुष र महिलातर्फ ५–५ जना बैकल्पिक खेलाडी समेत छनोट गरेको छ । महिलातर्फ बैकल्पिक खेलाडीमा जिना राई, साधनावम, विष्णा बोगटी, देबीश्रेष्ठ र मञ्जु राउत छन भने पुरुषमा सरुणमान श्रेष्ठ, तारा केसी, प्रविण गुरुङ, जोनेश पुर्जा र पवन छन्त्याल रहेका छन ।

छनोट समितीमा नेपाल ह्याण्डबल संघका उपाध्यक्ष जीवन बस्नेत, नेपाल ह्याण्डबल संघका सचिव केशव पाठक, विदेशी प्रशिक्षक (पोर्चुगल) जोआ फ्लोरेन्सियो, ह्याण्डवलका मुख्य प्रशिक्षक एवम् तालिम तथा प्रशिक्षण विभाग राखेपका उप–निर्देशक हिमालराज दाहाल र बरिष्ठ प्रशिक्षक अरुणलाल कर्ण रहेका थिए ।

खेलाडी छनोट घोषणा कार्यक्रममा बोल्दै संघका अध्यक्ष तथा नेपाल ओलोम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले खेलाडीहरुले अनुशासनलाई प्राथमिकताका साथ पालना गर्न आग्रह गरे । यसैगरी ह्याण्डबलका उपाध्यक्ष एवम गण्डकी प्रदेशका सांसद मोहन रेग्मीले सागमा सबै खेलाडीले राष्ट्रको गरिमालाई माथि उठाउने गरी आफ्नो खेल प्रस्तुत गर्न सक्दो प्रयास गर्न अनुरोध गरे ।

साग तयारीका लागि ह्याण्डबलको महिला तथा पुरुष टिमका राष्ट्रिय खेलाडीहरु गत असोज १६ गतेबाट बन्द प्रशिक्षणमा रहेका थिए । बन्द प्रशिक्षण अन्तर्गत पहिलो चरणमा २८–२८ जना र दोश्रो चरणमा २२–२२ जना खेलाडीबन्द प्रशिक्षणमा रहेका थिए ।

दोश्रो चरणको करिब एक महिनाको बन्द प्रशिक्षण पछि १६–१६ जना खेलाडी अन्तिम चरणका लागि छनोट भएका हुन् । छनोट भएका खेलाडीले १३औं सागअन्तर्गत ह्याण्डबल प्रतिष्पर्धामा उत्रने छन् ।