सभामुख महराद्वारा पदबाट राजीनामा

सभामुख महराद्वारा पदबाट राजीनामा


यौन दुर्व्यवहार मामलामा गम्भीर आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् ।

दुर्व्यवहारको शिकार भएकी भनिएकी संसद सचिवालयमा कार्यरत महिलाको घटनाबारे खुलासा गर्दै दिएको अन्तर्वार्ता सार्वजनिक भएपछि सत्तारुढ दल नेकपाको नेतृत्वबाट समेत महरालाई पदबाट राजीनामा दिन दबाब परेको थियो ।

आन्तरिक तथा वाह्य दबाब झेल्न नसकेपछि महराले राजीनामा दिएका हुन् । प्रतिनिधिसभाका उपसभामुखलाई सम्बोधन गर्दै महराद्वारा दिइएको राजीनामा पत्रमा उनले ‘छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको’ व्यहोरा उल्लेख गरेका छन् ।

उनले राजीनामा पत्रमा भनेका छन्– ‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिदासम्मका लागि राजीनामा दिएको छु ।’

हेर्नुहोस् सभामुख महराको राजीनामा पत्र–