राजयोग शिक्षालाई विद्यालय तहसम्म पुऱ्याउनुपर्ने मन्त्रीको धारणा

राजयोग शिक्षालाई विद्यालय तहसम्म पुऱ्याउनुपर्ने मन्त्रीको धारणा


ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले ‘स्वर्णिम युगका लागि परमात्मा शक्ति वर्ष २०७६’ आरम्भ भएको जनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ‘स्वर्णिम युगका लागि परमात्मा शक्ति वर्ष २०७६’ को शनिबार राजधानीमा आयोजित एक विशेष समारोहबीच शुभारम्भ गरेकी छन् ।

भारतसहित नेपालका एक हजार ५०० जनाको सहभागिता रहेको सेवाकेन्द्रद्वारा आयोजित सो कार्यक्रममा मन्त्री अर्यालले राजयोग शिक्षा मानिसलाई व्याहारिक बनाउने भएकाले यसलाई तल्लो तहसम्म पुऱ्याउनुपर्ने बताउँदै मानिसको चरित्र निर्माण गर्ने राजयोग शिक्षालाई विद्यालय तहसम्म पुऱ्याउनुपर्नेमा जोड दिइन् । समाजमा रहेका विभिन्न खालका विकृति र विसङ्गतिको न्यूनीकरणमा समेत राजयोग शिक्षा सहयोगी बन्ने मन्त्री अर्यालले विश्वास प्रकट गरिन् ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका समाज सेवा विभागका अध्यक्ष राजयोग ब्रह्माकुमार अमिरचन्दले राजयोग शिक्षाले तनावमुक्त जीवनशैली अवलम्बन गर्न सहयोग पुऱ्याउने धारणा व्यक्त गरे भने सांसद भिमसेनदास प्रधानले समाजको सकारात्मक रुपान्तरणमा राजयोग सेवा केन्द्रले महत्वपूर्ण योगदान पुऱ्याउने बताए ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द नेपालका निर्देशक राजयोगिनी राज दिदीका अनुसार व्यक्तिभित्र रहेको आध्यात्मिक जागृति र सशक्तिकरणद्वारा समाजमा शान्ति, सद्भाव, सहयोग र समृद्धिको स्थितिलाई पुनः स्थापना गर्न सकियोस् भनेर अभियान सञ्चालन गर्न लागिएको हो । अभियानअन्तर्गत देशभरि नै विभिन्न विषयमा चिन्तन, प्रवचन, गोष्ठी गरी आध्यामिक जागरण ल्याइने छ ।

pict:rss