चिनियाँ राष्ट्रपति दशैं लगतै नेपाल आउने





चिनियाँ राष्ट्रपति सी जिनपिङ दशैं लगतै नेपाल भ्रमणमा आउने भएका छन् । मोदीसँगको अनौपचारिक सम्मेलनपछि सी भारतबाट सिधैं नेपाल आउने भएका हुन् ।

सी भारत चीन अनौपचारिक सम्मेलनका लागि ११ अक्टोबरमा भारत जाने कार्यक्रम छ । सम्मेलन तमिलनाडूमा हुने बुझिएको छ । अघिल्लो बर्ष मोदी चीन पुगेका थिए ।

स्रोतका अनुसार सी १४ अक्टोेबर अर्थात २७ असोजमा नेपाल आएर भोलिपल्टै स्वदेश फर्किने् बुझिएको छ । सो अवसरमा सीसँग सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुसँग छलफल हुुनेछ ।

प्रतिक्रिया