स्थापना दिवसमा सालिक अनावरण

स्थापना दिवसमा सालिक अनावरण


■ नारद कोहार

कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवास्थित कपिलवस्तु बहुमुखी क्याम्पसको ३९औं स्थापना दिवसमा दुई जनाको सालिक अनवरण गरिएको छ ।

क्याम्पस स्थापनको लागि महात्वपुर्ण योगदान गरेका भगवानदास गुप्ता र पुर्व क्याम्पसप्रमुख गंगाप्रसाद सिंहको सालिक अनवरण प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले गर्नुभएको छ ।

कपिलवस्तु जिल्लाकै पुरानो क्याम्पस कपिलवस्तु बहुमुखी क्याम्पस स्थापनको लागि भगवानदास गुप्ताले जग्गादान तथा पहिलो भवनको शिलान्यस गर्नुभएको थियो ।