हृदयाघातबाट छोरो बितेपछि बाबुले गरे आत्महत्या

हृदयाघातबाट छोरो बितेपछि बाबुले गरे आत्महत्या


छोराको हृदयाघातका कारण मृत्यु भएपछि पाल्पामा एक वृद्धले आत्महत्या गरेका छन् ।

तानसेनस्थित सूर्योदय टेलिभिजनका अध्यक्षसमेत रहेका छोरा कृष्णप्रसाद तिमिल्सिनाको शनिबार हृदयाघातका कारण मृत्यु भएपछि जिल्लाको रामपुर नगरपालिका– १० हेक्लाङका ६५ वर्षका बाबु भीमराज तिमिल्सिनाले घरनजिकैको रूखमा पासो लगाएर आत्महत्या गरेका हुन् ।

हृदयाघातका कारण छोरा गुमेपछि चोट सहन नसकेर बुबाले समेत आत्महत्या गरेपछि अहिले गाउँ नै शोकमा डुबेको छ ।

(हृदयाघातबाट अल्पायुमै दिवंगत भएका कृष्ण तिमल्सिना)