विमानस्थलबाट चौघ सय ग्राम सुनसहित तीन समातिए

विमानस्थलबाट चौघ सय ग्राम सुनसहित तीन समातिए


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद भएको छ । कतारबाट आएका यात्रुबाट एक किलो चार सय ग्राम अवैध सुन बरामद भएको हो ।

अवैध सुनसहित तीनजना पक्राउ परेका छन् । विमानस्थलका कर्मचारीले शंका लागेर खानतलासी गर्दा ती यात्रुले मसला कुट्ने खलमा लुकाएर सो परिमाणको सुन बरामद भएको विमानस्थल सूत्रले जनाएको छ ।