ऐनमा लालमोहर लगाएको दिन सम्झेर रक्तदान

ऐनमा लालमोहर लगाएको दिन सम्झेर रक्तदान


■ नारद कोहार, कपिलवस्तु

सशस्त्र प्रहरी ऐन २०५८ लाई लालमोहर लगाएको दिनको अवसर पारेर शिजो शुक्रबार कृष्णनगरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । सशस्त्र प्रहरी बल ३९ गुल्म कृष्णनगरको आयोजना र लायन्स क्लब आफ कृष्णनगरको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।

सशस्त्र प्रहरी बल ३९ गुल्म कृष्णनगरको प्राङ्गणमा सम्पन्न कार्यक्रममा ८० जनाले रक्त दान गरेका छन् । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले रक्तदान जीवनदान बराबर रहेको र कपिलवस्तु जिल्लामा ब्लड बैंक नरहेको अवस्थामा निकै असहज रहेको साथै ब्लड अवश्यक परेका व्यक्तिहरु बाहिर जानुपर्ने बाध्यता रहेको औंल्याउँदै कपिलवस्तु जिल्लामा नै ब्लड बैंक स्थापना गर्नुपर्ने कुरामा जोड दिए । यसका लागि आफूबाट हुनसक्ने हरेक प्रयास गर्न तैयार रहेको पनि उनले बताए ।

सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मूख्यालय रुपन्देहीको आयोजनामा सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण कपिलवस्तु, सशस्त्र प्रहरी बल नेपाल नं. ३९ गुल्म हे.क्वा.रा. तथा भ.ग.सु कृष्णनगर कपिलवस्तु र लायन्स क्लब आफ कृष्णनगरको सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको सशस्त्र प्रहरी बल नेपाल नं. ३९ गुल्म कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाहीले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मूख्यालयका निमित्त बाहिनीपति स.प्र.ब.उ. कुमार न्यौपाने, स.प्र.ब. नेपाल नं. २८ का सशस्त्र प्रहरी उपरिक्षक जनक पुरी, सशस्त्र प्रहरी बल नेपाल नं. ३९ गुल्म कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाही, कृष्णनगर भन्सार कार्यलय प्रमुख, आन्तरिक राजस्व कार्यलय कृष्णनगर प्रमुख, विजयनगर गाउपालिका प्रमुख, उद्योग वाणिज्य संघ कृष्णनगर अध्यक्ष, ईलाका प्रहरी कार्यलय कृष्णनगर प्रमुख, ईलाका प्रहरी कार्यालय गणेशपुर प्रमुख, लायन्स क्लब आफ कृष्णनगर अध्यक्ष, अशोका कर्ण, लायन्स क्लबका जिल्ला सल्लाहकार दिनेशचन्द्र गुप्ता, सचिव अनिल कुमार मोदनवाल, उपाध्यक्ष सनाउल्ला खान, लायन्स क्लब आफ चन्द्रौटाका अध्यक्ष शिवराज सापकोटा, रेडक्रासका प्रतिनिधी, के.आई. नेपाल कृष्णनगर प्रमुखलगायत पत्रकार समाजसेवीहरु उपस्थित रहेका थिए ।