मन्दिर भएको भागदौडमा चारको मृत्यु

मन्दिर भएको भागदौडमा चारको मृत्यु


पूर्वी भारतीय राज्य पश्चिम बंगालको एक मन्दिरमा रहेका तीर्थालुहरूबीच शुक्रबार भएको भागदौडमा परी चारजनाको ज्यान गएको छ । सो भागदौडमा परी अरू कैयौँ व्यक्ति नराम्ररी घाइते भएका छन् । शुक्रबार कृष्णाष्टमीको अवसरमा पूजाआजा गर्न गएका हिन्दू तीर्थालुहरूबीच सो भागदौड भएको हो ।

उत्तरी पारागन जिल्लामा रहेको भगवान श्रीकृष्णको ‘काछु’ मन्दिरमा भएको भागदौडमा ती व्यक्तिको ज्यान गएको जनाइएको छ । उक्त मन्दिर परिसरमा रहेको पर्खाल अकस्मात भत्किएपछि पूजा आराधनाका लागि ठूलो संख्यामा उपस्थित ती तीर्थालुबीच भागदौड मच्चिएको थियो ।

उक्त दुर्घटनामा परी घाइते भएकाहरूलाई नजिकैको अस्पताल पु¥याइएको छ । घाइते के–कतिजना छन् भन्नेबारेमा पूर्ण विवरण प्राप्त भएको छैन । कृष्णाष्टमी पर्व हिन्दू धर्मावलम्बीहरूले भगवान श्रीकृष्णको जन्म दिनको रूपमा उनको पूजा–आराधना गरी भव्य रूपमा मनाउने गर्दछन् ।

भारतमा हिन्दू धर्मावलम्बीहरू विभिन्न तीर्थस्थलमा भिड लाग्ने र भागदौडबाट कैयौँ नागरिकको ज्यान जाने गरेका समाचारहरू आउने गर्दछन् ।