विश्व जुनियर पौडीमा नेपाली टोलीले प्रतिस्पर्धा गर्ने

विश्व जुनियर पौडीमा नेपाली टोलीले प्रतिस्पर्धा गर्ने


सातौं विश्व जुनियर पौडी प्रतियोगितामा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय नेपाली टोली हंगेरीको बुडापेस्ट प्रस्थान गरेको छ । अगष्ट २० देखि २५ तारिखसम्म हुने प्रतियोगितामा समान ४–४ पुरुष, महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

पुरुषमा सैयद हम्जा शाह, गौरव लामा, वैदज्ञराज जोशी र विकास कुमाल तथा महिलामा टीसा शाक्य, अदिप्सा वैद्य, युस्का महर्जन र अनुष्का पोखरेल सहभागिता जनाउने छन् । प्रशिक्षकमा ईश्वर कार्की तथा टिम व्यवस्थापकमा वैभव पौडेल छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्य, महासचिव जगतमान श्रेष्ठलगायतले बिदाइ गरेका थिए ।