ढाकामा आगालागी हुँदा १५ हजार घर सखाप, हजारौं घरबारविहीन

ढाकामा आगालागी हुँदा १५ हजार घर सखाप, हजारौं घरबारविहीन


बंगलादेशको राजधानी शहर ढाकास्थित एक बस्तीमा आगालागी भएको छ । आगलागीबाट १५ हजार घर पूर्ण रुपमा जलेर नष्ट भएको बीबीसीले जनाएको छ । बस्तीमा शुक्रबार राती आगो लागेको हो ।

बीबीसीका अनुसार स्थानीय चलानटीकास्थित बस्तीमा आगलागी हुँदा त्यस क्षेत्रका करिब ५० हजार मानिस घरबारविहीनको अवस्थामा पुगेका छन् । बीबीसीले जनाएअनुसार कैयौँ घरहरू प्लास्टिकको छानो भएकोले आगो तीव्र गतिमा सल्किएको थियो ।