उच्च रक्तचापका कारण वृद्ध कैदीको मृत्यु

उच्च रक्तचापका कारण वृद्ध कैदीको मृत्यु


राजविराज कारागारमा ज्यान मुद्दामा कैद भक्तान गरिरहेका एक कदीको बुधबार दिउँसो उच्च रक्तचापका कारण मृत्यु भएको छ ।

मृत्यू हुनेमा तिरहुत गाँउपालिका वडा न. ५ लोहजाराका ७९ वर्षीय वृद्ध रवि मरिक रहेका छन् ।

ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका मरिक करिव तीन महिनाअगाडि मात्र कारागार चलान भएका थिए । उनलाई जिल्ला अदालत सप्तरीले तीन महिनाअघि मात्र दुई वर्ष ५ महिनाको कैद सजाय तोकेको थियो ।

उच्च रक्तचापबाट पीडित मरिक एक्कासी बिरामी परेपछि उपचारका लागि राजबिराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल लैजाँदै गर्दा बाटामै मृत्यू भएको निमित्त कारागार प्रमुख सत्यनारायण यादवले बताए ।

मृतक मरिकको पोस्टमार्टमपश्चात सदगतका लागि शव परिवारजनलाई जिम्मा लगाइने सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।