मधेसी, माओवादी र भारतपरस्त -बद्रीनरसिंह के.सी.

मधेसी, माओवादी र भारतपरस्त -बद्रीनरसिंह के.सी.


पार्टीभित्र प्रचण्डदेखि ‘उद्दण्ड’सम्मले ‘भारतपरस्त’ भनेका डा. बाबुराम भट्टराईलाई नै माओवादीले प्रधानमन्त्री बनायो । भारतनिकट मानिएका राजनीतिक खेलाडीहरूलाई यो परिणामको पहिले नै छनक भइसकेको थियो । समर्थक घटकमा मधेसी मोर्चा छ, जसका दुई अगुवा घटक ‘मधेसी फोरम’ले रौतहटमा २०६४ मा माओवादी कार्यकर्ताको नरसंहार गर्दा प्रचण्ड र बाबुरामले भनेका थिए, ‘मधेसी जनताका जायज मागहरू पूरा गरिदिनुपर्छ, तर यस्ता नरभक्षी पार्टीलाई प्रतिबन्ध लगाइदिनुपर्छ ।’
पोहोर पुसको अन्तिम साता प्रचण्डले आफ्नो निवासमा आफूनिकटका एक दर्जनजति पत्रकारलाई बे्रकफास्टमा बोलाएर भने, ‘बाबुराममार्फत भारतले खेलिरहेको छ, भारतीयहरू सुटुक्क बाबुरामहरूलाई भेटिरहेका छन्, मलाई त्यसबारे केही जानकारी हुन छोड्यो, दिल्लीमा गएर भएका भेटवार्ता पनि डिटेलमा जानकारी दिइएको छैन,…सबै घटनालाई मैले पनि नजिकबाट हेरिरहेको छु…।’
जेठ १९, २०६७ को ‘जनआस्था’मा माओवादीका माथिल्ला नेता हरिभक्त कँडेलले बाबुरामलाई इंगित गर्द ठाडै भनेका थिए, ‘पार्टीमा ‘रअ’को भूमिका बढ्दै गएको छ ।’ पोहोर माघ ३ गते सोमबार राजधानीमा माओवादी ताम्सालिङ र नेवाः राज्यसमितिको आयोजनामा भएको प्रशिक्षण शिविरमा ताम्सालिङ राज्यसमितिको इन्चार्जका हैसियतले माओवादी नेता अग्नि सापकोटाले स्वागत भाषणमा बाबुरामतिर कटाक्ष गर्द, ‘हाम्रो पार्टीमा पनि विस्तारवाद घुसिसकेको छ’ भनिदिँदा बाबुराम र उनीसमर्थक कार्यकर्ताहरूले प्रशिक्षण नै बहिष्कार गरेका थिए । २०६१ सालमा, डा. भट्टराई भारतपरस्त भएको र उहाँमाथिको कारबाही फिर्ता लिए भारत सरकारले अहिले -त्यो बेला) भारतमै थुनापरेका दुईजना नेताहरू मोहन वैद्य र सीपी गजुरेललाई छाड्न तयार रहेको भनेका प्रचण्डको पहिलो बोलीमै भारतपरस्तको आरोप जनताले सुनेका थिए । त्यो बेलादेखि खन्ना गार्मेन्टको प्रशिक्षण शिविरसम्म प्रचण्डले बारम्बार यसै भनेर पार्टीभित्र बनाइएको भारत-विरोधवादको विष-पोखरीमा बाबुरामलाई चोपल्दै आए ।
तराईमा माओवादीलाई बढार्न स्थापित पार्टीदेखि जमिनदार र माथिल्लो जातको भनिएका मधेसी पार्टीहरू कुन मोह वा अनुरागले माओवादीका उम्मेदवारलाई प्रधानमन्त्री बनाउन पुगे ? तमलोपाको स्थापना सर्लाहीमा गरिँदा भित्तामा झुन्ड्याइएको ब्यानरमा पार्टीको नामका मुनि ‘जिल्ला सर्लाही’ र कोष्ठमा ‘नेपाल’ लेखेको थियो, तर ‘नेपाल’लाई चाहिँ कार्टुनटेपले टालिएको थियो । कार्टुनटेपले छोप्न खोजिएको ‘नेपाल’, छोपिँदा पनि हल्का रूप देखाएर चिहाइरहेको थियो ।
सहमतीय सरकारको नेतृत्व मात्र आफूले गर्ने बहुमतीय प्रधानमन्त्री नहुने भन्थे बाबुरामजी, तर बहुमतीय प्रधानमन्त्री किन बने ? नवनिर्वाचित प्रधानमन्त्री बाबुरामको नियत र क्षमतामा प्रश्न उठाइएको होइन, तर उनीसँग मुलुक बनाउने जादुको छडी पनि छैन । प्रधानमन्त्री छान्ने प्रक्रियाका असङ्गत तथ्यहरूलाई हेर्द जाँदा त्यसको परिणाम पनि असङ्गत नै आउने अनुमान मात्र गरिएको हो ।
बाबुरामलाई सफल र लोकप्रिय हुने बाटोमा बिझने काँडाहरू काङ्ग्रेस वा अन्य पार्टीबाट आएका छैनन्, आफ्नै पार्टीमा छन् । सत्ताका लागि बर्ुर्जुवा पार्टीमा भन्दा कम्युनिस्ट पार्टीमा चर्को लुछाचुँडी हुन्छ । कम्युनिस्ट हुँदैमा असल र इमानदार नेता वा कार्यकर्ता मात्र हुन्छन् भन्ने सोच्नु गलत हुन्छ । यसबारेे ‘प्रचण्डका नजरमा कम्युनिस्ट पार्टीको ६० वर्ष’ शर्षिकको सामग्रीमा पुष्पकमल दाहालले भनेका छन्, ‘…सुरुसुरुमा कम्युनिस्ट बन्दा पार्टीमा सबै राम्रा मात्रै छन्जस्तो लाग्दथ्यो । तर, पार्टीमा काम गर्द जाँदा थाहा पाइयो, त्यहाँभित्र पनि भयङ्कर अवसरवादी, फटाहा र सबै प्रवृत्ति हुँदा रहेछन् । त्यहाँ पनि भीषण सङ्घर्ष हुँदोरहेछ । कहिलेकाहीँ त बर्ुर्जुवा पार्टीमा हुनेभन्दा पनि रद्दी खालको सङ्घर्ष कम्युनिस्ट पार्टीभित्र हुँदोरहेछ ।’
भत्किएको पद्धतिका एक इमानदार नेता हुन् बाबुराम । यिनलाई अगाडि सारेर माओवादीभित्र रडाको र वितण्डा मच्चाइदिने एकथरीको इच्छा छ । डाक्टर र वैद्यको चेपोमा परेर शक्ति वितरण गर्दा बाबुरामलाई प्रधानमन्त्री मान्न प्रचण्ड बाध्य भए । प्रचण्डले सहमतीय प्रधानमन्त्री बनाउन कोसिसै गरेनन् । यो सहज अवस्थाको उपज होइन । यो अन्तरिम संविधान र वर्तमान पद्दतिले जस्तोसुकै क्षमतावान् मानिसलाई पनि सफल हुन दिँदैन । बाबुराम पैँतीसौँ प्रधानमन्त्री हुने हुन्, तर मधेसी मोर्चाजस्तो राजनीतिक चरित्र नभएका घटक बोकेर सफलताको आशा लिनु र्व्यर्थ हुन्छ । शुभकामना छ, त्यसो नहोस् ।

[email protected]