उपचारपछि प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

उपचारपछि प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै


प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन् । उनि स्वास्थ्य परीक्षणका लागि साउन १८ मा सिंगापुरतर्फ गएका थिए ।

प्रधानमन्त्री ओली आज दिउँसो साढे १२ बजे थाई एयरको विमानबाट काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ । साउन १८ मा सिंगापुरर्फ गएका ओलीले त्यसको भोलिपल्टदेखि नै नियमित स्वास्थ्य परीक्षण गराएको उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओली गत शनिबार नै स्वदेश फर्किने कार्यक्रम तय भए पनि थप दुई दिन बसेर आज फर्किन लागेका हुन् ।

प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भएको छ । १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि ओलीले सिंगापुरमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीसँग पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्या सिंहलगायतको टोली सिंगापुर गएका छन् ।