स्कुलस्तरीय ब्याडमिन्टनमा अभियान र डेभिड उपाधिनजिक

स्कुलस्तरीय ब्याडमिन्टनमा अभियान र डेभिड उपाधिनजिक


काठमाडौं मेरिडियनका अभियान कस्यप र क्यारिवियनका डेभिड थापा मगर काठमाडौं ब्याडमिन्टन च्याम्पियनसीप स्कुलस्तरीय प्रतियोगिताको उपाधिनजिक पुगेका छन् ।

काठमाडौ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा कीर्तिपुरस्थित अडिटोरियम हलमा भएको च्याम्पियनसीपको छात्र यु–१४ मा अभियानले ग्यालेक्सी स्कुलका निकेश पोखरेललाई २१–१३, २१–१८ ले तथा डेभिडले केएमसीका प्रत्येकलाई २१–१६, २१–७ ले पराजित गर्दै उपाधिनिकट पुगेका हुन् ।

स्कुल टू ओलम्पिक भन्ने नारालाई आत्मसात गर्दै स्कुल स्तरदेखि नै खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको छात्रातर्फ बृटिस स्कुलकी साम्भवी पालक र ग्यालेक्सि स्कुलकी निमा यान्जी शेर्पा पनि फाइनल प्रवेश गरेका छन् । पालकले क्यानभासकी इमेक लुना लावतीलाई २१–९, २१–६ ले तथा शेर्पाले पाँगा स्कुलकी सोफिया महर्जनलाई २१–१०, २१–१२ ले पराजित गरे ।

यस्तै यु–१२ छात्रतर्फ भ्याली भ्यूका सक्षम ढकाल र बुद्ध ईन्टरनेशनलका ककेश सत्याल पनि फाइनल प्रवेश गरे । ढकालले लिसा स्कुलका श्रेयास रन्जितकारलाई २१–१२, २१–८ ले तथा सत्यालले एनएमई का विश्वास बुढाथोकीलाई २१–१३, २१–१६ ले पराजित गर्दै उपाधि भीडन्त पक्का गरेका हुन् ।

यस्तै छात्रातर्फ ब्रिटिस स्कुलकी साम्भवी पालक र ग्यालेक्सी स्कुलकी श्रेया जे. शेर्पाले पनि उपाधी भीडन्त गर्ने भएका छन् । पालकले सेन्ट जेभियरका प्रनिसा श्रेष्ठलाई २१–७, २१–४ तथा शेर्पाले केन्द्रिय बिद्यालयकी प्रिशा सिंहलाई २१–७ र २१–८ ले पराजित गर्दै उपाधि निकट पुगेका हुन् ।