राजकीय सम्मानसहित स्वराजको अन्त्येष्टि

राजकीय सम्मानसहित स्वराजको अन्त्येष्टि


मंगलबार राति हृदयाघातका कारण मृत्यु भएकी भारतकी पूर्वविदेशमन्त्री सुष्मा स्वराजको बुधबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

स्व. स्वराजको अन्त्येष्टि लोधीरोडस्थित विद्युतीय शव दाहगृहमा गरिएको हो । स्व. स्वराजको अन्त्येष्टिमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित भएका थिए । अन्त्येष्टिमा भारतीय जनता पार्टीका अन्य नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

अन्त्येष्टिअघि स्वराजको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि भारतीय जनता पार्टीको कार्यालयमा राखिएको थियो । ६७ वर्षीया स्वराज भारतकी पहिलो पूर्णकालीन महिला विदेशमन्त्री हुन् ।