बालयौन दुराचारको आरोपमा अष्ट्रेलियाली पक्राउ

बालयौन दुराचारको आरोपमा अष्ट्रेलियाली पक्राउ


बालयौन दुराचारको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले एक अष्ट्रेलियालीलाई पक्राउ गरेको छ ।

विभिन्न मुलुकका विदेशी नागरिकले नेपाली बालकहरुलाई प्रलोभनमा पारेर बालयौन दुराचार गर्दै छ भन्ने सूचनाका आधारमा कास्की प्रहरीको सहयोगमा खटिएको सिआइवीको टोलीले पोखराको डिहीबाट उनलाई पक्राउ गरिएको प्रवक्ता दीपक रेग्मीले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा ६३ वर्षीय बेरिम्यान थोमस अल्फ्रेड रहेका छन् । उनले कोठा भाडामा लिएर बालयौन दुराचार गरेको अनुसन्धानमा खुलेको र नियन्त्रण लिने क्रममा सोही कोठाबाट आज (७ मंगलबार) दुई बालकको उद्धार गरिएको सिआइवीले जनाएको छ ।

उनलाई बालयौन दुरूपयोग तथा अप्राकृतिक मैथुन (जबरजस्ती करणी) कसुरअन्तर्गतको मुद्दामा कास्की जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको सिआइवीले आज एक सूचना जारी गरी जनाएको छ ।