राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको जिल्ला अधिवेशन हुँदै

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको जिल्ला अधिवेशन हुँदै


■ नारद कोहार, कपिलवस्तु

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल (कपिलवस्तु)को पाँचौ जिल्ला अधिवेशन यही साउन ८ गते ४ नं जितपुरमा हुने भएको छ ।

कपिलवस्तु जिल्लामा विगत दश वर्षदेखि कलाकारिता क्षेत्रमा क्रियाशील प्रतिष्ठानको अधिवेशनमा राष्ट्रिय स्तरका कलाकारहरु चन्द्र शर्मा, खुमन अधिकारी, सुवास केसी, शिरिष देवकोटा, लक्ष्मण खड्का, डिल्लीनारायण पाण्डे, नारायण लेकाली, प्रचण्ड जिसी, दिपक गरौजा मगर, दिनेश रञ्जनलगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको उपस्थिति रहने र विविध साँस्कृतिक कार्यक्रम समेत हुने जनाइएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समितिको यस अधिवेशनमा विभिन्न पदका लागि गायक सर्जकहरु उम्मेदवारको रुपमा मैदानमा उत्रिएका छन । साउन ८ गते विहान ११ बजे मायादेवी रिसोर्टको हल बैरियामा नया नेतृत्व चयनका लागि अधिवेशन हुने छ।

अधिवेशनमा कपिलवस्तु जिल्लामा क्रियाशील अग्रज तथा नवोदित कलाकारहरुलाई सम्मान समेत गर्ने भएको छ ।