‘विस्तारै मनसुनको सक्रियता घट्दैछ त्यसैले अब धेरै पानी पर्दैन’

‘विस्तारै मनसुनको सक्रियता घट्दैछ त्यसैले अब धेरै पानी पर्दैन’


मनसुन न्यून चापिय रेखा दक्षिण सर्दै गएकोले अब धेरै पानी नपर्ने मौसमविद्हरुले बतनाएका छन् । न्यून चापिय रेखा नेपालबाट विस्तारै दक्षिण सर्दै गएकोले त्यसले अब धेरै पानी पर्ने क्रम रोकिने भएको हो ।

विगत केही दिन यता देशका विभिन्न स्थानमा अबिरल वर्षाका कारण जनजीवन प्रभावित पारेको छ । वर्षाकै कारण देशका विभिन्न ठाँउमा बाढी, पहिरो एवं डुबानको समस्या देखिएको छ भने ठूलो धनजनको क्षति नागरिकहरुले भोग्नुपरेको छ ।

मनसुनको सक्रियता कम हुँदै गएपनि देशका अधिंकास स्थानमा केही भारी एवं मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मनसु्न न्यून चापिय रेखा नेपालको तराई भू–भागमा भन्दा केहि तल रहेका कारण मनसुनी गतिविधि देशभर कम भएकोे महाशाखाले जनाएको छ ।

अहिले देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदलिको अवस्थामा छ । पश्चिमी भू–भाग, मध्य भू–भागका तथा पूर्वी भू–भागका केहि स्थानहरुमा मनसूनी वर्ष भइरहेको महाशाखाले जनाएको छ । मौसमविद्ले पनि वर्षा भइरहेकोले जोखिमबाट सावधानी अपनाउन समेत आग्रह गरेका छन् ।

आगामी दुई दिनको मौसमी अवस्था
असार ३१ गते (मंगलबार)

दिउँसोस् देशभर आंशिकदेखि सामान्य वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ । देशको मध्य र पश्चिमका क्षेत्रका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ ।
यस्तै, आज राति देशभर सामान्य वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ । देशको पूर्वी तथा पश्चिमी क्षेत्रका एक वा दुइ स्थानमा भारी वर्षा हुने सम्भावना छ रहेको महाशाखाले जनाएको छ ।

श्रावन १ गते (बुधबार)

श्रावण १ गते अर्थात बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना रहेको छ भने भोलि राति देशभर सामान्य वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना रहेको मौसमविद्को तर्क छ । देशको पूर्वी क्षेत्रका एक वा दुइ स्थानमा भारि वर्षा हुने सम्भावना छ ।