इन्डोनेसियामा ७.३ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

इन्डोनेसियामा ७.३ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी


इन्डोनेसियाको पूर्वी मालुकु द्वीपलाई केन्द्रबिन्दु बनाएर आइतबार ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ केन्द्रका अनुसार भूकम्प निकै शक्तिशाली भए पनि सुनामीको चेतावनी दिइएको छैन ।

स्थानीय समयअनुसार अपराह्न ६ः२८ बजे उत्तर मालुक प्रान्तको टर्नेट नगरबाट करिब १६५ किलोमिटर टाढा भूकम्प गएकाले जनधनको क्षतिको विवरण आउन बाँकी रहेको इन्डोनेसियाली अधिकारीले बताएका छन् ।

भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा गएको पनि अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ ।