अस्ट्रेलियामा ६.६ म्याग्निच्युडको भूकम्प

अस्ट्रेलियामा ६.६ म्याग्निच्युडको भूकम्प


अस्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा आइतबार बिहान शक्तिशाली भूकम्प आएको छ । हिन्द महासागरको १० किलोमिटर तल केन्द्रबिन्दु रहेको उक्त भूकम्प ६.६ म्याग्निच्युडको रहेको सम्बन्धित अधिकारीहरूले जानकारी दिएका छन् ।

भूकम्पले ठूलो क्षेत्रमा प्रभाव परे पनि घाइते तथा क्षतिको विवरण भने अहिलेसम्म नआएको उनीहरूको भनाइ छ । अमेरिकी भूगर्भ मापन केन्द्रले भूकम्पपछिको आँधीको कुनै खतरा भने नरहेको स्पष्ट पारेको छ ।

ब्रुम प्रहरी विभागले झन्डै एक मिनेटसम्म घरहरू हल्लिए पनि कुनै क्षतिको विवरण प्राप्त भइनसकेको जानकारी दिएको छ । राष्ट्रिय प्रसारण एबीसीले भने सामान्य क्षतिका केही खबर आए पनि कसैको मृत्यु भएको वा कोही घाइते भएको खबर नआएको जनाएको छ ।