रुपन्देहीमा संसदीय पत्रकारिता तालिम

रुपन्देहीमा संसदीय पत्रकारिता तालिम


संसदीय पत्रकारितासम्बन्धी क्षमता अभिवृद्धि तालिम रुपन्देहीमा शुक्रबारदेखि शुरु भएको छ । मिडिया एक्सन नेपालको आयोजना र ‘अस्ट्रेलियन एड’को सहयोगमा आयोजना गरिएको तालिममा रुपन्देही, कपिलवस्तु, नवलपरासी र पाल्पा जिल्लाका ३० पत्रकारको सहभागिता रहेको छ ।

दुई दिनसम्म चल्ने तालिममा संसदीय पत्रकारिताको सिद्धान्त र अभ्यासबारे प्रशिक्षण दिँदै प्रा. रामकृष्ण रेग्मीले संसदमा छलफल हुने सबै विषयवस्तु मिडियाको मुख्य सरोकारको विषय हुने गरेकाले संसदीय विषयमा पत्रकार जानकार हुनुपर्ने बताए । ‘तीन तहका सरकारका गतिविधि, प्रक्रिया र कारबाहीबारे सूचना संकलन गरी प्रसारण गर्ने भएकाले पत्रकारले आफूलाई तयारी अवस्थामा राख्नुपर्छ,’ उनले भने ।

तालिममा मिडिया र संसदबीचको अन्तरसम्बन्ध, संसदीय पत्रकारिताका विषय, सुशासनलगायतका विषयमा छलफल हुने मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले जानकारी दिए ।