अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, लगनखेल वितरण केन्द्र ललितपुरका फोरमेन अविलाल विष्टलाई रु. पाँच हजार घुससहित पक्राउ गरेको छ ।
विष्टले एक सेवाग्राहीको घरमा नयाँ मिटर जडान गर्ने क्रममा विभिन्न बहाना देखाउँदै घुस मागेको अभियोग लागेको छ । आयोगको केन्द्रीय कार्यालय टंगालबाट गएको टोलीले विष्टलाई लगनखेलस्थित यू एण्ड बी फास्टफुडबाट पक्राउ गरेको थियोे ।
आरोपी विष्टबारे थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
प्रतिक्रिया