नेप्सेमा आठ अंकभन्दा बढीको गिरावट

नेप्सेमा आठ अंकभन्दा बढीको गिरावट


मंगलबार र बुधबार दोहोरो अंकले उकालो लागेको सेयर बजार कारोबार मापक नेप्से परिसूचक बिहीबार भने आठ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८.२७ बिन्दुले घटेर एक हजार २६०.४७ मा झरेको हो । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५३ अंकले घटेर २७१.४५ बिन्दुमा झरेको छ ।

नेप्से ओरालो लागे पनि कारोबार रकममा भने वृद्धि भएको छ । कुल १७७ कम्पनीको ८९ लाख ८५ हजार ३५३ कित्ता सेयर रु. ६७ करोड एक लाख ६९ हजार ९२९ मा खरिद–बिक्री भए ।

स्टकका अनुसार कारोबार भएका कुल ११ उपसमूह सबैको सेयर ओरालो लागेको छ । बैंकिङ ६.५९, होटेल २४, विकास बैंक ४.८१, जलविद्युत १२.५१, वित्त ३.३५, निर्जीवन बिमा ६२.४५, उत्पादन १.४, अन्य ५.६७, लघुवित्त ७.५, जीवन बिमा ५३.९७ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ ।

स्टकका अनुसार बिहीबार कारोबारका आधारमा सिद्धार्थ इक्विटी फन्ड शीर्ष स्थानमा छ । उक्त योजनाको रु. पाँच करोड ५२ लाख २२ हजार २४७, प्रभु बैंक रु. पाँच करोड ५१ लाख ४३ हजार ७१७, नेपाल बैंक रु. चार करोड ७३ लाख २४ हजर ५४२, नेपाल दूरसञ्चार कम्पनी रु. तीन करोड ८८ लाख तीन हजार ३९४, मेगा बैंक रु. तीन करोड १६ लाख ६१ हजार ५६४, प्रिमियर इन्स्योरेन्स रु. तीन करोड १२ लाख दुई हजार ६५३ र सिभिल बैंक रु. दुई करोड ७३ लाख २१ हजार ३६८ मा कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार बिहीबार सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९९ प्रतिशतले कमाए । समिट लघुवित्त वित्तीय संस्था ९.९६, स्वावलम्बन लघुवित्त वित्तीय संस्था ९.७६, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ६.४९, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था ४.२१ र सिटीएक्सप्रेस फाइनान्स कम्पनीका शेयरधनीले ४.०८ प्रतिशतले कमाए ।

त्यस्तै युनियन हाइड्रोपावर लिमिटेड ६.५५, प्रुडेन्सियल इस्योरेन्स ५.६१, राष्ट्रिय बिमा कम्पनी लिमिटेडको संस्थापक सेयर ४.१६, स्वदेशी लघुवित्त वित्तीय संस्था ३.८१, वेस्ट फाइनान्स कम्पनी ३.८० र सानिमा इक्विटी फण्डका लगानीकर्ताले ३.७९ प्रतिशतले गुमाए ।