कृष्णनगर नगरपालिका उवा संघमा गुप्ता विजयी

कृष्णनगर नगरपालिका उवा संघमा गुप्ता विजयी


■ नारद कोहार, कपिलवस्तु

कपिलवस्तुको कृष्णनगर नगरपालिका उद्योग वाणिज्य संघको बुधबार सम्पन्न निर्वाचनबाट रामकुमार गुप्ता अध्यक्ष पदमा विजयी भएका छन् ।

गुप्तालाई २२२ मत प्राप्त भएको थियो भने उनका निकटत्म प्रतिद्वन्द्वी गुरुशरण सिंहले १७३ मत पाए ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा नसिव हुसैन, उपाध्यक्ष रविन्द्र गुप्ता (पप्पु पेप्सी), सचिवमा पंकज गुप्ता विजयी भएका छन् । कुल ७३१ मत मध्ये ६५६ मत खसेको मतदान अधिकृत ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।