उपमेयरको गाडीमा आगजनी

उपमेयरको गाडीमा आगजनी


गएराति नवलपुरको कावासोती नगरपालिकाका उपमेयरको गाडीमा आगजनी भएको छ । मोटरसाइकलमा आएका २ जनाले उपमेयर प्रेम शंकर मर्दनियाको गाडीमा पेट्रोल छर्केर आगजनी गरेका हुन् ।

मर्दनियाले चढ्ने लु १ झ ३२१ नम्बरको गाडीमा आगजनी भएको हो । उनको गाडी कावासोती १५ अमलटारीस्थित आफ्नै निवासमा पार्किंङ गरी राखेको थियो । आगजनीबाट गाडीको पछाडिको भागमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।