उपचार खर्चमा छुटसम्बन्धी सम्झौता

उपचार खर्चमा छुटसम्बन्धी सम्झौता


गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरूलाई मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक अस्पताल विर्तामोडमा लाग्ने उपचार खर्चमा विशेष छुट मिल्ने भएको छ । यस सम्बन्धमा गरिमा र मनमोहन अस्पतालबीच सम्झौता भएको छ ।

सम्झौताका लागि आइतबार (८ असार) सम्पन्न कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक अस्पतालको तर्फबाट अस्पताल संयोजक रोमनी भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यस सम्झौतापश्चात गरिमा विकास बैंक लिमिटेडमा बचत खाता रहेका ग्राहक तथा भिजा कार्डहोल्डरहरुले मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक अस्पतालमा उपचार गराउँदा अपरेशन शुल्क, बेड शुल्क, मेडिकल शुल्क, ल्याब, फिजियोथेरापी, पूर्ण शारीरिक परीक्षण डेण्टल सेवा लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्ने बताइएको छ ।
लाजिम्पाट (काठमाडौं)मा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लि.का प्रदेश नं. १ अन्र्तगत झापाको विर्तामोड, दमक, बुधबारे र बनियानी, मोरङको विराटनगर, विराटचोक र टंकीसिनवारी र सुनसरीको धरान र इटहरीसहित देशभर ७६ शाखा कार्यालय सञ्चालनमा रहेका छन् ।