इनोभेटिभलाई अन्तरस्कुल बास्केटबल उपाधि

इनोभेटिभलाई अन्तरस्कुल बास्केटबल उपाधि


इनोभेटिभ स्कुलले ‘ओलम्पिक डे’का अवसरमा ज्ञानोदय स्कुलको आयोजनामा भएको अन्तरस्कुल बास्केटबलमा अपराजित यात्रालाई कायम राख्दै उपाधि हात पार्न सफल भएको छ ।

राउण्ड रोविनका आधारमा खेलाइएको प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायम गर्दै इनोभेटिभले लिभरपुलमाथि २८–६ अंकको जित निकाल्दै उपाधिमाथि कब्जा गरेको हो । विजेता टिमका लागि दर्पणले १२ अंक जोडे । इनोभेटिभले उपाधि ट्रफीका साथै मेडल र प्रमाण पत्र प्राप्त गऱ्यो ।

प्रतियोगिताको रनरअपका रुपमा एलए रह्यो । एलएले प्रतियोगितामा एस स्कुलमाथि २६–८ अंकको जित निकाल्यो । प्रतियोगिताको म्यान अफ दि सिरिज एलएका लक्की महर्जन रहे । उनले अन्तिम दिन आफ्नो टोलीका लागि १२ अंक बटुले ।

अर्को खेलमा मोक्षदाले आयोजक ज्ञानोदयलाई सुदीपको ८ अंक मद्धतमा १५–१० अंकले पराजित ग¥यो । बिजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका सदस्य एवं नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यले पुरस्कार वितरण गरेका थिए ।