चर्चित भारतीय ओपनर धवन विश्वकपबाट बाहिरिए

चर्चित भारतीय ओपनर धवन विश्वकपबाट बाहिरिए


भारतीय क्रिकेट टीमका चर्चित ओपनर शिखर धवन विश्वकप २०१९ बाट बाहिरिएका छन् । अष्ट्रेलियाविरुद्धको खेलमा औंलामा चोट बोकेका धवन त्यसपछि खेल्न नसक्ने अवस्थामा पुगेपछि उनी विश्वकपबाट बाहिरिएका हुन् । अब उनको स्थानमा भारतिय टीममा रिषभ पन्तलाई ल्याइएको छ ।

वर्ल्डकपबाट वाहिरिएपछि निकै भावुक बनेका धवनले दुर्भाग्यवश आफ्नो बायाँहातको बुढी औंलामा लागेको चोट निको नहुँदा विश्वकपवाट बाहिरिनुपरेको बताएका छन् । धवनले २४ रन बनाउँदा औंलामा चोट लागेपनि अष्ट्रेलिया विरुद्धको उक्त खेलमा उत्कृष्ट पारी खेल्दै १ सय १९ रन बनाएका थिए ।

धवनको यही सतकीय पारीले भारतले अष्ट्रेलियालाई पराजित गरेको थियो ।