यात्रु नपाएपछि बुद्ध एयरको सन्ध्याकालीन उडान अवरुद्ध

यात्रु नपाएपछि बुद्ध एयरको सन्ध्याकालीन उडान अवरुद्ध


सुर्खेतबाट बुद्ध एयरको सन्ध्याकालीन उडान हटाइने भएको छ । असार १ गतेदेखि शुरु भएको सन्ध्याकालीन उडान यात्रु अभावमा हटाइने भएको हो ।

काठमाडाँैका लागि बिहान र साँझ दुईपटक उडान गर्ने भनेको बुद्ध एयरले यात्रु अभावका कारण उडान शुरु भएको एक हप्ता नहुँदै असार ६ गतेदेखि सन्ध्याकालीन उडान हटाउने भएको बुद्ध एयरका सुर्खेत इन्चार्ज अनिल पन्तले जानकारी दिए ।

यसै हप्ताको शुक्रबारदेखि बुद्ध एयरको सुर्खेत–काठमाडौँ सन्ध्याकालीन उडान हटाइने बुद्ध एयरका सुर्खेत इन्चार्ज पन्तले जानकारी दिए । ‘यात्रु अभावका कारण हटाउन बाध्य भएका हौँ’, उनले भने । हाल दुई उडानमा काठमाडौँका लागि ४० यात्रु बुद्ध एयरले पाएको पन्तले बताए ।