ओमानमा नेपाली डाक्टर र नर्सको माग

ओमानमा नेपाली डाक्टर र नर्सको माग


■ आरके श्रीवास्तव, ओमान

ओमानका स्वास्थ्य मन्त्री र ओमानका लागि नेपाली राजदूतबीच भेटवार्ता भएको छ । राजदूत शर्मिला पराजुली ढकाल र ओमानी स्वास्थ्यमन्त्री अहमद बिन मोहम्मद बिन ओबैद अल-सेदीबीच वार्ता भएको हो ।

राजधानी मस्कटमा भएको भेटवार्तामा ओमानले नेपाली डाक्टर र नर्सलाई आफ्नो देशमा रोजगारी दिने प्रस्ताव गरेको छ । नेपाली राजदुत ढकालसँग भएको शिष्टाचार भेटमा ओमानका स्वास्थ्यमन्त्रीले यस्तो प्रस्ताव गरेका हुन् ।

वार्तामा मन्त्री सेदीले राजदुत ढकाललाई राजदूतावासले आवश्यक सहयोग गर्नुपर्ने बताएका थिए । साथै भेटवार्तामा ओमानी मन्त्रीले नेपाल र ओमानबीच स्वास्थ्यक्षेत्रमा पनि सम्बन्ध विस्तार गर्न आवश्यक रहेको बताए । यसमा प्रतिक्रिया दिँदै राजदूत ढकालले जिटुजी मार्फत नेपाली डाक्टर र नर्सहरु ओमान ल्याउन सकिने बताइएकी थिइन् ।

सो अवसरमा गुणस्तर केन्द्र ओमानका महानिर्देशक डा. कमारा अल-सेरी, राजदूत ढकालका पति विमल ढकालसहित राजदूतावासका कर्मचारीहरूको उपस्थिति रहेको ओमानका लागि नेपाली राजदूत ढकालले जानकारी गराएकी हुन् ।