आइतबार काठमाडौंका निजी विद्यालय बिदा हुने

आइतबार काठमाडौंका निजी विद्यालय बिदा हुने


असार १ गते आइतबार काठमाडौं जिल्लाअन्तर्गत रहेका सबै निजी विद्यालय बन्द हुने भएका छन् । एन. प्याब्सन र प्याब्सनद्वारा शुक्रबार एक विशेष विज्ञप्ति जारी गर्दै लामो समयदेखि शिक्षा क्षेत्रमा समर्पित कान्तिपुर एकेडेमी जोरपाटीका प्रिन्सिपल, नेसनल प्याब्सनका काठमाडौं जिल्ला उपसचिव तथा गोकर्णेश्वर नगर समितिका अध्यक्ष बालकुमार गुरुङको हिजो जेठ ३० बिहीबार भएको निधनप्रति शोकबिदा दिने जनाइएको हो ।

प्याब्सन अध्यक्ष काठमाडौंका अध्यक्ष हरिकृष्ण श्रेष्ठ र एन. प्याब्सन अध्यक्ष काठमाडौंका अध्यक्ष विष्णुप्रसाद पराजुलीद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा श्रद्वेय गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै उक्त एक दिन विद्यालय बन्द गरी यस दुखद घडीमा साथ दिन सम्बन्धित सबै विद्यालय तथा संघसंस्थाहरूलाई विशेष अनुरोध गरिएको छ ।