अटोको ठक्करबाट वडासचिवको मृत्यु

अटोको ठक्करबाट वडासचिवको मृत्यु


सुर्खेतमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा वडा सचिवसहित दुईजनाको मृत्यु भएको छ । वीरेन्द्रनगरको एरीचोकमा अटोले ठक्कर दिँदा नगरपालिका– २ का सचिव नारायणदेव गिरीको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मूलपानीबाट एरीचोकतर्फ गइरहेको भे.१ह ३८७४ नम्बरको अटोले भे.७प १८३४ नम्बरको गिरीको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते बनेका गिरीको प्रदेश अस्पताल कालागाउँ पु¥याएलगत्तै बिहीबार राति मृत्यु भएको थियो । प्रहरीले अटोचालक दीपकबहादुर साउदलाई नियन्त्रणमा लिइसकेको छ ।

त्यसैगरी बांगेसिमल–बडीचौर सडकखण्डको गिरिघाटमा भे.१त ५२८८ नम्बरको ट्याक्टर शुक्रबार अनियन्त्रित भई सडक किनारामा पल्टिँदा सहचालक रामबहादुर नेपालीको मृत्यु भएको छ ।