शोकप्रस्ताव पारित गर्दै संसद् बैठक स्थगित

शोकप्रस्ताव पारित गर्दै संसद् बैठक स्थगित


प्रतिनिधिसभाको शुक्रबारको बैठक पूर्वमन्त्री डीआर पौडेलको निधनमा शोकप्रस्ताव पारित गर्दै स्थगित भएको हो । बैठक आइतबार ११ बजेसम्मका लागि स्थगित भएको हो ।

पौडेलको शुक्रबार बिहान चितवनको माडीस्थित निवासमा हृदयघातका कारण निधन भएको थियो । उच्च रक्तचापका बिरामी रहनुका बाबजुद सक्रिय राजनीतिक जीवन बिताउँदै आएका पौडेल शालीन एवम् बौद्धिक व्यक्तिका रूपमा परिचित थिए ।

स्वर्गीय पौडेल ०७३ सालमा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका शिक्षामन्त्री रहेका थिए ।