युट्युवर गौतम हाजिरी जमानीमा रिहा

युट्युवर गौतम हाजिरी जमानीमा रिहा


फिल्म वीरविक्रम २ को समीक्षा गरेको भन्दै पक्राउ परेका प्रनेश गौतम छुटेका छन् । उनलाई हाजिरी जमानीमा बिहीबार छाडिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको अपराध महाशाखाका अनुसार हाजिरी जमानीमा छुटेका प्रनेशले अब तारिख धाउनु पर्नेछ । गौतमले फिल्मको ठट्यौली शैलीमा समिक्षा गरेपछि निर्देशक मिलन चाम्सले उनिबिरुद्ध प्रहरीकोमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले गौतमलाई पक्राउ गरेको हो ।

फिल्म समीक्षा गरेकै आधारमा प्रहरीले गौतमलाई पक्राउ गरिएकोप्रति सर्वत्र आलोचना भएको थियो ।