नेकपाले आज जिल्ला इञ्चार्ज र सह–इञ्चार्ज टुङ्गो लगाउने

नेकपाले आज जिल्ला इञ्चार्ज र सह–इञ्चार्ज टुङ्गो लगाउने


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज जिल्ला कमिटीको इञ्चार्ज र सह–इञ्चार्ज टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिवालय बैठकले जिल्ला कमिटीको इञ्चार्ज र सह–इञ्चार्ज टुङ्गो लगाउने गरी तयारी गरेको हो ।

बुधवार बसेको बैठकमा यस विषयले प्रवेश पाएपनि निर्णय भने नभएको नेताहरुले बताएका छन् । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आज बस्ने बैठकले उक्त बिषय टुङ्ग्निे छ । उनले केन्द्रीय सदस्यको कार्यविभाजनबारे पार्टीमा नमिलेको कुरा केही नभएको र छलफल सकारात्मक दिशातर्फ अघि बढेको बताए । बैठक अहिले बिहान ९ बजेदेखि बस्नेछ ।