भारतको लोकसभा चुनाव : २३ राज्यमा काङ्ग्रेस गुमनाम

भारतको लोकसभा चुनाव : २३ राज्यमा काङ्ग्रेस गुमनाम


सम्पन्न भारतको लोकसभा चुनावमा काङ्ग्रेसले नराम्ररी हार खेप्नुपरेको छ । काङ्ग्रेस २३ राज्यमा गुमनाम अवस्थामा पुगेको हो ।

उत्तर प्रदेशको ८० सिटमा बीजेपीले ६२ सिट जित्दा कांग्रेसले १ सिटमात्र जित्यो ।

महाराष्ट्रमा बीजेपीले २३ सिट जित्दा काँग्रेसले १ सिटमात्र जित्यो ।

बिहारको ४० सिटमा बीजेपीले १७ सिट जित्दा काँग्रेसले १ सिट जित्यो ।

अरुणाञ्चलको २ सिटमा बीजेपीले दुवै सिट जित्दा कांग्रेस शून्यमा पुग्यो ।

असममा १४ सिटमा बीजेपीले ९ सिट जित्दा काँग्रेस ३ सिटमा ओर्लियो ।

आन्ध्रप्रदेशको २५ सिट र उत्तराखण्डका ५ सिटमा बीजेपीले सबै सिट कब्जा गर्दा कांग्रेस शून्यमा पुग्यो ।

उता, ओडिसामा बीजेपीले २१ सिटमा ९ सिट जित्दा काँग्रेसले १ सिटमात्रै हात पा¥यो ।

कर्नाटकको २८ सिटमा काँग्रेसले १ सिटमात्रै पायो ।

गुजरातको २६ सिटमा बीजेपीले सबै सिट जित्दा काँग्रेस शून्यमा पुग्यो ।

चन्डिगढको १ सिटमा बिजेपी आउँदा काँग्रेस पत्तासाफ नै बन्यो ।

यता, छत्तीसगढको ११ सिटमा बीजेपी ९ सिटमा जित्दा काँग्रेस २ मा ओर्लियो ।

जम्मूू–कश्मीरको ६ सिटमा बीजेपी ३ सिटमा आउँदा काँग्रेस शून्यमा समेटियो ।

झारखण्डको १४ सिटमा बीजेपी ११ सिटमा आउँदा काँग्रेस १ मा मात्रै आयो ।

तेलंगानाको १७ सिटमा काँग्रेस ३ मा समेटियो ।

त्रिपुराको दुई सिट, दमन र दीवको १ सिट र दादरा तथा नगर हवेलीको एक सिटमा सबै बीजेपीले जित्दा काँग्रेस शून्यमा पुग्यो ।

दिल्लीका सबै ७ सिट बीजेपीले जितेको छ भने नागाल्याण्डको १ सिटमा बिजेपी नै आउँदा काँग्रेस शून्यमा पुग्यो ।

यता, मणिपुरको २ सिटमा हार खाएको काँग्रेस मध्यप्रदेशको २९ मध्ये २८ मा बीजेपी आउँदा काँग्रेसले १ सिटमा चित्त बुझाउनुपरेको छ ।

मिजोरममा १ सिटमध्ये काँग्रेस शून्य र राजस्थानको २५ मध्ये बीजेपी २४ सिटमा आउँदा काँग्रेस शून्य मै थन्किएको हो ।

लक्षद्धीप, सिक्किम, हरियाणा, हिमाचल प्रदेशमा कांग्रेसले नराम्ररी हार झेल्नुपरेको हो ।