प्रधानमन्त्री ओलीले दिए मोदीलाई बधाई

प्रधानमन्त्री ओलीले दिए मोदीलाई बधाई


प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई चुनावी परिणामको प्रारम्भिक चरणमै जितको शुभकामना दिएका छन् ।

सात चरणमा भएको भारतीय लोकसभा निर्वाचनको आज मतगणना भइरहेको छ । अहिले सत्तारुढ भारतीय जनता पार्टीले २ सय ९६ सिटमा अग्रता लिएको र प्रमुख प्रतिपक्ष भारतीय कंग्रेसले ५१ स्थान मात्र अग्रता दिएको भारतीय चुनाव आयोगले जनाएको छ

प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो १ः२३ मा ट्विट गर्दै ऐतिहासिक जितका लागि मोदीलाई बधाई दिएका छन् । ओलीले ट्विट गर्दै भनेका छन्, ‘आगामी दिनमा तपाईंसँग निकै नजिकमा रहेर काम गर्नेछुु ।’

५ सय ४२ सिटका लागि सात चरणमा भएको चुनावको मतगणना बिहीबार बिहान ८ बजेबाट सुरु भएको हो । सन् २०१४ मा भाजपाले दुई सय ८२ सिट जितेको थियो भने भारतीय कंग्रेस ४४ सिटमा सीमित भएको थियो ।