उपराष्ट्रपति कपमा टेटे खेलाडी छनोट

उपराष्ट्रपति कपमा टेटे खेलाडी छनोट


राष्ट्रिय खेलकुद परिषदको आयोजनामा हुने दोस्रो उपराष्ट्रपति कप चिल्ड्रेन गेम्सका लागि प्रदेश ३ बाट समान चार–चार पुरुष–महिला गरी आठ खेलाडी छनोट भएका छन् ।

प्रदेश नम्बर ३ खेलकुद परिषदले लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजना गरेको छनोट प्रतियोगिताबाट पुरुषमा काठमाडौंका सिद्धार्थ तामाङ, भक्तपुरका रोमन थापामगर, काठमाडौंका एद्रेन शाही र ललितपुरका एलेन महर्जन छनोट भए । महिलामा भक्तपुरकी दिया देउला, ललितपुरकी वियङका राई र इभाना थापा तथा काठमाडौंकी सुस्मिता खड्का छानिए ।

प्रतियोगिताको पाँचौँ दक्षिण एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको महिला टिम इभेन्टमा स्वर्ण जितेका सिजरिन शाह र गीता क्षेत्रीले खेल खेलेर संयुक्त रूपमा उदघाटन गरे । एकदिने प्रतियोगितामा २४ खेलाडीको सहभागिता रहेको थियो । उपराष्ट्रपति चिल्ड्रेन गेम्स ललितपुरमा जेठ १३ र १४ गते हुँदै छ ।