महङ्गो बन्दै सर्वसाधारणको भान्सा

महङ्गो बन्दै सर्वसाधारणको भान्सा


नेपाल राष्ट्र बैंकको तथ्याङकमा तरकारी र खाद्यन्नको मूल्य घटेको देखाएको छ । तर बजारमा तथ्याङ्कको ठिक विपरित तिनै वस्तुमा मूल्य बृद्धि भएको छ । त्यसैले पनि आम सर्वसाधारणको भान्सा महङ्गो बन्दै गएको छ ।

काठमाडौं उपत्याका लगायत देशका मूख्य शहरहरुमा तरकारी र खाद्यन्नको मूल्य आकासिएको छ । उपभोक्ताहरु नै तरकारी लगायतका वस्तुको मूल्य चार गुणाले बढेको भन्दै सरकारको आलोचना गर्न थालेका छन् ।

आगामी आर्थक बर्ष २०७६/७७ को बजेटको मिति नजिकिदाँ अति आवश्यकिय वस्तुको मूल्य ह्वात्तै बृद्धि भएको हो । व्यापारीले पनि बजेटसँगै करको दायरा र मूल्य बढ्ने भन्दै अहिलेदेखि नै वस्तुको मूल्यबृद्धि र अभाव सिर्जना गर्न थालेका छन् ।

कालीमाटी तरकारी बजारको तथ्याङ्क हेर्दा वर्षभरिनै तरकारी जन्य वस्तुको मूल्यवृद्धि भएको देखिन्छ । अहिले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको प्रतिवेदन अनुसार गोलभेंडाको मूल्य पाँच वर्ष यताकै उच्च छ । काउलीको मूल्य वृद्धिले पनि नयाँ रेकर्ड लिने देखिएको छ । तर बजारमा व्यापारी भने भारतको चुनावको कारण महङ्गी बढेको बताउँछन् ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्याङ्कलाई आधार मान्ने हो भने एक महिनाअघि गत वर्ष भन्दा ४ दशमलव ४ प्रतिशतले मुल्य घटेको देखाएको छ । जबकी, बजारलाई हेर्ने हो भने दुई महिना देखिनै तरकारीको मुल्य आकाशिएको छ ।

तरकारीको दैनिक माग ८ सय टन
अहिले कालीमाटी तरकारी बजारमा दैनिक ८ सय टनसम्म तरकारीको माग छ । जबकी अहिले ६ सय टन मात्र तरकारी आउने गर्दछ । जुन बजारको लागि अपुग हुन्छ । अर्थात ६ सय टन तरकारीले उपत्यकाको ७० प्रतिशत माग मात्रै थेग्छ । एकातिर अपुग तरकारी र अर्कोतिर बिचौलियाका कारण उपभोक्ताको भान्सा महङ्गो बन्दै गएको छ । अहिले बिचौलियकै कारण
गालेभेंडामा ५० प्रतिशत, काउलीमा ३० प्रतिसतसम्म नाफा कमाइरहेका छन् । यता बाणिज्य विभाग भने तराईमा क्षेत्रमा आएको हावाहुरीका कारण आन्तारीक उत्पादनमा कमी र माग अनुसार आयात नहुँदा भाउ बढेको बताउँछ ल ।

पछिल्ला दिनहरुमा बढ्दै गएको मूल्यबृद्धि प्रति सरकार थप संवेदनशिल बन्नुपर्नेमा त्यसो हुन नसकेको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।