सातदोबाटोमा ‘भाटभटेनी’, १० प्रतिशत छुट





भाटभटेनी सुपरमार्केटको १६औँ आउटलेट ललितपुरको सातदोबाटोमा खुलेको छ । भाटभटेनी ग्रुपका अध्यक्ष तथा प्रबन्ध–निर्देशक मीनबहादुरले गुरुङले गत शुक्रबार (३ जेठ) उक्त आउटलेटको उद्घाटन गरेका हुन् । उद्घाटनका अवसरमा विभिन्न वस्तुमा १० प्रतिशत छुट घोषणा गरिएको छ । भाटभटेनी ग्रुपका अनुसार नयाँ आउटलेट विस्तारको अवसरमा किचेनवेयर, रेडिमेड गार्मेन्ट, सारी, कुर्ता, जुत्ता–चप्पल, इलेक्ट्रोनिक्स र कस्मेटिक सामानमा १० प्रतिशत छुट दिइएको छ ।

उद्घाटनका दिन नयाँ आउटलेटमा सर्वसाधारणको बाक्लो भिड लागेको थियो । नेपालको सहरी सपिङ कल्चरमा ट्रेन्डसेटर मानिने भाटभटेनी सहरमा सजिलो किनमेलको पर्याय बनिसकेको छ । त्यसले गर्दा नै नयाँ आउटलेट खुलेकै दिन सर्वसाधारणको भिड लागेको कम्पनीको दाबी छ । दैनिक उपभोग्य वस्तु, गार्मेन्टलगायत घरायसी आवश्यकताका सबै सामान एकै ठाउँमा प्रतिस्पर्धी मूल्यमा पाइने हुँदा भाटभटेनीको लोकप्रियता दिनदिनै बढ्दै गएको दाबीसमेत गरिएको छ ।

टङ्गालबाट सुरु भएको शुरु भएको भाटभटेनी सुपरस्टोर उपत्यकामा चुच्चेपाटी, भक्तपुर, कोटेश्वर, महाराजगञ्ज, कलंकी, अनामनगर, त्रिपुरेश्वर, पुल्चोक, बालाजुमा यसअघि नै सञ्चालनमा आइसकेका छन् । उपत्यकाबाहिर धरान, नारायणगढ, पोखरा, बुटवल, विराटनगरमा भाटभटेनीका आउटलेट छन् । इटहरी, नेपालगञ्जमा, भैरहवामा पनि निकट भविष्यमै आउटलेट खोल्ने योजना भाटभटेनी ग्रुपको रहेको बताइएको छ ।

प्रतिक्रिया