अप्टिकल फाइबर : शहरदेखि गाउँसम्म द्रुत गतिको इन्टरनेट सेवा

अप्टिकल फाइबर : शहरदेखि गाउँसम्म द्रुत गतिको इन्टरनेट सेवा


दूर दराजका नागरिकलाई सूचनाको पहुँचमा पु¥याउने उद्देश्यका साथ सरकारले मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण शुरु गरेको छ ।

शहरदेखि गाउँसम्म द्रुत गतिको इन्टरनेट सेवा उपलब्ध गराउन नेपाल टेलिकमले सोमबारदेखि अप्टिकल फाइबर बिछ्याउने काम अगाडि बढाएको हो । धादिङको गल्छी, धनकुटाको हिले र सिन्धुलीको खुर्कोटबाट एकैसाथ फाइबर बिछ्याउने कार्य शुरु गरिएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पाँचथरको चिवाभञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म फाइबर बिछ्याउने कार्यक्रम रहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । यसरी बिछ्याइने फाइबर मध्यपहाडी लोकमार्गलाई आधार मानेर तीनवटै प्रदेशका ३५ जिल्ला सदरमुकामसम्म पु¥याइनेछ ।

हरेक जिल्लासम्म अप्किटल बिछ्याउने परियोजना
शुरुआती विन्दु पाँचथरदेखि अन्तिम विन्दु बैतडीसम्म सूचना महामार्गको विस्तारले डिजिटल नेपाल बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ । उक्त सूचना महामार्गको गल्छी गाउँपालिका–४ मासटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरे । सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाल’को नारालाई सार्थक तुल्याउने उपयुक्त माध्यम सूचना र प्रविधि हो । विश्वलाई एउटा कुनामा सीमित पारिदिन आधुनिक सूचना प्रविधिको उच्चतम प्रयोगबाटै समृद्धिको यात्रालाई सार्थक बनाइने अपेक्षा गर्न सकिन्छ । सरकारले देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पु¥याउँदै डिजिटल नेपालको आधार तयार गर्ने लक्ष्यका साथ हरेक जिल्लासम्म अप्किटल बिछ्याउने परियोजना अघि सारेको थियो ।

नौ अर्ब लगानीमा अप्टिकल फाइबर बिछ्याउने योजना
सरकारको डिजिटल नेपाल बनाउने योजना साकार पर्न महत्वपूर्ण मानिएको यसको औपचारिक शुरुआत भएको छ । सरकारको उक्त परियोजनाअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषअन्तर्गत करीब रु नौ अर्ब लगानीमा अप्टिकल फाइबर बिछ्याउने योजना बनाएको थियो । सोही योजनाअनुसार प्रदेश १ र ३ मा फाइबर बिछ्याउन प्राधिकरणले टेलिकमलाई रु चार अर्ब ८८ करोड उपलब्ध गराएको थियो । उक्त सम्बन्धमा २०७३ असोज १२ गते प्राधिकरण र टेलिकमबीच सम्झौता भएको थियो ।

दुई वर्षभित्र फाइबर बिछ्याउनुपर्ने प्रावधान
सम्झौताअनुसार उपकरण उपलब्ध गराउने विषय टुङ्गो लागेपछि दुई वर्षभित्र फाइबर बिछ्याउनुपर्ने प्रावधान छ । बाँकी गण्डकी प्रदेश र प्रदेश नं ५ मा यूटिएल तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा स्मार्ट टेलिकमले फाइबर बिछ्याउने जिम्मा पाएको छ । त्यस्तै अप्टिकल नेटवर्क विस्तारका लागि आवश्यक डिडब्लुडीएम उपकरण र राउटरका लागि पनि टेलिकमले सम्झौता भएको जनाएको छ ।

प्रदेश नं २ अन्तर्गतका सबै जिल्लामा १८ महीनामै काम पूरा गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ । टेलिकम आफैले कतिपय ठाउँमा नेटवर्क विस्तार गरिसकेकाले मुख्य शहरमा नौ महीनाभित्र उच्च गतिको ब्यान्डविथ उपलब्ध गराउन सकिने अवस्था छ । अप्टिकल फाइबरमार्फत उच्च गतिको ब्यान्डविथ प्रवाह गर्न सकिन्छ । तामाको तारमा भन्दा धेरै उच्च गतिमा इन्टरनेट प्रवाह गर्न सकिने भएकाले अहिले विश्वभर अप्टिकल तार प्रयोग गर्ने प्रचलन छ ।

यसरी लाभ लिन सकिन्छ
सरकारी सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध गराउँदै सेवामा पारदर्शिता ल्याउने उद्देश्य पूरा गर्न यो एउटा बलियो आधार हुनेछ । त्यस्तै ई हेल्थ र ई लर्निङ जस्ता सुविधामा जनताको पहुँच पु¥याउन पनि यो सहयोगी हुनेछ । सञ्चार मन्त्रालयको तत्काल सुधार कार्ययोजना–२०७२ मा ग्रामीण दूर सञ्चार विकास कोषमार्फत अप्टिकल फाइबरको सञ्जाललाई देशव्यापी विस्तार गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा ब्रोड ब्याण्ड सेवा पु¥याउन पूर्वाधारको विकास गर्ने लक्ष्य लिइएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव वीरेन्द्रप्रसाद मिश्रले डिजिटल नेपाल फ्रेमवर्कको पहिलो खुड्किलो भएको उल्लेख गरे । सरकारले अघि सारेको डिजिटल नेपालको अवधारणालाई सार्थक बनाउन कनेक्टिभिटी चाहिन्छ, त्यो पनि चाँडो ।

त्यसका लागि अप्टिकल फाइबर प्रविधि उपयुक्त हुन्छ । यो प्रविधिले गाउँगाँउसम्म सूचना सञ्जाल विस्तार गर्न मद्दत पुग्छ । दूर दराजका जनताले सहजै केवल टिभी नेट सञ्चालन गर्न सक्छन् । यो सूचना महामार्गको रुप हो । यसलाई पूर्वपश्चिम, उत्तर दक्षिण, शहरदेखि दुर्गम गाउँसम्म विस्तार गरिनेछ । यसबाट चौथो पुस्ताको मोबाइल सेवाको सुविधा पुग्छ । सह–सचिव मिश्रका अनुसार डिजिटल नेपालको आठ आधारमध्ये पहिलो डिजिटल फाउण्डेशनमा अप्टिकल फाइबर महत्वपूर्ण पाटो बन्नेछ ।