न्यू क्यालेडोनियामा ६.८ म्याग्निच्युडको भूकम्प





अमेरिकी भौगर्भिक सर्भेले न्यू क्यालेडोनियाको पूर्वीतटीय इलाकामा ६.८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

उक्त भूकम्प जमिनको सतहबाट करिब १४ किलोमिटरमुनि बिहानीपख ११ बजेर २३ मिनेटमा आएको थियो । भूकम्पबाट जनधनको कुनै क्षति भएको विवरण प्राप्त भएको छैन । साथै कुनै सुनामीको चेतावनी पनि जारी गरिएको छैन ।

फ्रान्सको अधीनमा रहेको क्यालिडोनिया प्रशान्त महासागरीय क्षेत्रमा रहेको छ । यहाँ बारम्बार भूकम्प जानुका साथै ज्वालामुखी विस्फोटन हुने गरेको छ ।

प्रतिक्रिया