मलामीहरु

– हिमोढ पहाडी

प्रभु ! जन आन्दोलनमा-२ मा
जतिबेला तपाईं
पञ्चायती शासनको नजरबन्दमा हुनुहुन्थ्यो
म पनि सडकम थिएँ
सम्पूर्ण स्रष्टाहरुको हुलमा थिएँ
त्यतिबेला सत्ताप्राप्ति मेरो गन्तव्य थिएन
मेरो कलमले निरंकुशताविरुद्ध
नागरिक स्वतन्त्रताको पक्षमा
आगो ओकलिरहेको थियो
मेरो कलम नाफा कमाउने साधन हुँदै होइन
तपाईं मान्नुस् वा नमान्नुस्
मेरो कलम स्वतन्त्रताको प्रतीक हो ।

ख्वामित तपाईं ढुक्क हुनुहोस्
अचेल तपाईंको सत्तामा
मेरो कलमले स्वतन्त्रताको गीत लेख्ने छैन
जनता सार्वभौम छ भनेर बुझाउने छैन
तपाईंले दिएका लुटका श्रृङखलाबद्ध छुटहरुमा
कुनै गुनासो गर्ने छैन
किनकि जनआन्दोलन(२ प्रतिको मेरो निष्ठा
अनि सम्पूर्ण स्रष्टाका प्रयासहरु
ब्रेनवास गरेर मारिसकेको छु ।

प्रभु मलाई देश र जनताले
गद्दार भनुन्मै, ले वास्ता गर्न छोडिसकेको छु
तपाईंको भक्ति र स्तुतिगानले
अचेल आनन्दले भावविभोर हुन्छु
म केवल नागरिक हुँ
अचेल आफूलाई तपाईंको
प्यादा बनाउन प्रयासरत छु
तपाईंका विरुद्धमा उठ्ने आवाजहरु
निमोठ्न मन लाग्छ
किनकि ख्वामित आफूलाई तपाईंको
गुलाम भन्न मन लाग्छ ।

ख्वामित तपाईं आदेश दिनुस्
म फेरि लोकतन्त्रको वैशाखी बन्ने छैन
मृत सुशासनमा प्राण भर्ने छैन
राज्यकोषमा ब्रम्हलुट गर्नेहरुका विरुद्धमा
आवाज उठाउनेहरुका विरुद्ध
भष्मासुरको आफ्नो असली रुप देखाउने छु ।

तपाईंको आदेशमा सगर्व
लोकतन्त्रको चिर हरण गर्ने साहस छ
तपाईं ढुक्क हुनुस्
नागरिक स्वतन्त्रताको
चिहान खन्नेछु ।
किनकि तपाईं सत्तामा रहन्जेल
कुनै माइका लालहरुले
शितल निवास र सिंहदरबारमा आँखा गाडे भने
रौद्र रुप देखाउने छु ।

ख्वामित पशुपति शर्माहरुले
ूलुट कान्छा लुटूका गीत गाइरहँदा
मैले लोकतन्त्र र नागरिक स्वतन्त्रताको
घाँटी निमोठेर हत्या गर्दै थिएँ
त्यसैले अहिले त्यसको लाश बोकेर
हामी मलामी बन्दै
आर्यघाट तर्फ बढिरहेका छौँ
तपाईं शुभ साइत निकालेर
अगाडि बढ्नुहोस्
किनभने त्यो लाशमा
तपाईंले दागबत्ती दिनुछ ।

प्रतिक्रिया