आजको पञ्चाङ्ग एवम् राशिफल (२ जेष्ठ २०७६ बिहीबार, १६ मे २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (२ जेष्ठ २०७६ बिहीबार, १६ मे २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्री सूर्योत्तरायणे श्रीशाके १९४१ नेपाल सं. ११३९ ग्रीष्मऋतु वि.सं. २०७६ ज्येष्ठ २ गते बिहीबार तद्अनुसार सन् २०१९ मई १६ तारिख वैशाख शुक्लपक्ष द्वादशी तिथि ७ः३१ पर त्रयोदशी तिथि चित्रा नक्षत्र सिद्ध योग बालब ७ः३३ पर तैतिल करण आनन्दादिमा चर योग चन्द्रमा कन्या राशिमा १६ः३९ बजेसम्म त्यसपछि सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय विहान ५ः१७ मा भयो र सूर्यास्त साँझ १८ः४५ मा हुनेछ । प्रदोषव्रतम । शुभ योग अभिजित– ११ः३३ देखि १२ः२७ । अशुभ योग राहु काल– १३ः४२ देखि १५ः२३ दिशा शूल– दक्षिण ।

आजको राशि फल

मेष राशि – दिन शुभ फलदायक रहला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । समस्याको समाधान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ र व्यर्थको खर्चप्रति पनि नियन्त्रण आउनेछ । महत्वपूर्ण कार्यमा ध्यान केन्द्रित होला । आशा उत्साह बढ्नेछ । सुख समृद्धि बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । ऐश्वर्य वृद्धि होला ।

बृष राशि – प्रेममा सफलता प्राप्त होला । खेलकुद भ्रमणमा रुचि बढ्ला । कठोर परिश्रमले सफलता मिल्नेछ । आमोदप्रमोदमा रुचि बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा रुचि बढ्ला । इष्टमित्रको सहयोग मिल्नेछ । सन्तति–सुख बढ्नेछ । महत्वपूर्ण पात्रसित भेटघाट हुनेछ र सहयोग पनि प्राप्त होला । वार्तामा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । धनको आवागमन भैरहने छ ।

मिथुन राशि – धन यश मान सुख समृद्धि बढ्नेछ । साहसिक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आरोग्यता बढ्नेछ । सभा–समारोहमा मान–पुरस्कार पाउनुहुनेछ । भोजभतेरमा भाग लिनुहुनेछ । लगानी उठ्ला । गौरव वृद्धि होला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ, तर विवाद आदिमा नपरी आफ्नै बल–विवेकले काम गर्नु हितकर रहनेछ ।

कर्कट राशि – आँट उत्साह बढ्ला । ऋण रोग र शत्रुसित लड्ने क्षमता वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आयातनिर्यात यात्रा आदिसित सम्बन्धित काम बन्नेछ । यश वर्चश्व वृद्धि होला । उन्नति–पदोन्नति हुनेछ । राजकीय कार्य बन्ला । उच्चाधिकारीको सहयोग समर्थन मिल्नेछ । साथीभाइको साथ मिल्नेछ ।

सिंह राशि – मिठो भोजन मिल्नेछ । ख्याति फैलिनेछ । बौद्धिक र सृजनात्मक कार्यमा सफलता मिल्नेछ । समस्याको समाधान मिल्ला । सन्तति–सुख बढ्नेछ । लगानी उठ्ला । मान पुरस्कार मिल्नेछ । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यवर्द्धक कार्यमा प्रवृत्ति बढ्ला ।

कन्या राशि – समय शुभ फलदायक रहनेछ । सुख आनन्दमा रुचि बढ्नेछ । जोखिमप्रति सचेत रहनुपर्नेछ । धनको आगमन भइरहनेछ । अवश्यमेव सफल हुनुहुनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

तुला राशि – रसरागमा आकर्षण बढ्ला । लगानी बढ्ला । विलासको वस्तु किन्नमा सफल हुनुहुनेछ । मान महत्व बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख सन्तति बढ्नेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ । ख्याति फैलिनेछ । मिठो भोजन मिल्नेछ ।

वृश्चिक राशि – ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आय वृद्धि भैरहनेछ । यात्रा होला । धन यश मान सुख सौभाग्य वृद्धि हुनेछ । विवाद आदिप्रति सचेत भई अरुको भरमा नबसी काम गर्नु उचित हुनेछ । वार्तामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मान पुरस्कार मिल्नेछ । अन्न आनन्द बढ्नेछ ।

धनु राशि – पारिवारिक कार्य बन्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । इष्टमित्र सन्तानसित सम्बन्धित काम बन्नेछ । रोकिएको धन उठ्ला । साझेदारीको काम बन्ला । सुखशान्ति बढ्ला । मिठो भोजन मिल्नेछ । भोगविलासमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । उन्नति–पदोन्नति हुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हासविलासमा रुचि बढ्ला । धन सम्पत्ति बढ्नेछ ।

मकर राशि – व्यस्तता बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । आयवर्द्धक कार्यमा सफलता मिल्नेछ । शुभ काममा रुचि बढ्ला । मान बढ्नेछ । घुमफिर गर्नु हुनेछ । यात्रामा सफलता पाउनु हुनेछ । आफन्तको सहयोग मिल्नेछ ।

कुम्भ राशि – आरोग्यतामा वृद्धि हुनेछ । खर्चमा नियन्त्रण आउनेछ । ऋण रोग र शत्रुसित सम्बन्धित काममा सफलता प्राप्त होला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । धन सम्पत्ति पनि बढ्नेछ । नियमकानूनप्रति सचेत रहनु पर्ला । लापर्वाही नगर्नु उत्तम हुनेछ ।

मीन राशि – नियमित काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ साथै हांविलासमा आकर्षण बढ्नेछ । सुख आनन्दक बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । मितमिलन हुनेछ । समस्याको समाधान मिल्नेछ । दायित्वलाई पूरा गर्नु हुनेछ । आमोदप्रमोदमा रमीरहनु हुनेछ । यात्रामा सफलता मिल्ला । भ्रमण होला । वार्तामा सफलता मिल्नेछ । आशा उत्साह बढ्ला । साझेदारीको काम बन्नेछ ।