विशेष खेलकुद प्रतियोगिता सम्पन्न

विशेष खेलकुद प्रतियोगिता सम्पन्न


राष्ट्रिय खेलकुद परिषदको आयोजनामा २४औँ विद्यालयस्तरीय विशेष खेलकुद प्रतियोगिता लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद प्रशिक्षण केन्द्रमा सम्पन्न भएको छ ।

विजेतालाई राखेपकी सदस्य इन्दिरा निरौलाले पुरस्कृत गरिन् । प्रतियोगितामा दृष्टिविहीन, बहिरा र शारीरिक अपांगतर्फ प्रतिस्पर्धा गरेका थिए । दृष्टिविहीनतर्फ १ सय १० खेलाडीले १६ स्पर्धा तथा बहिरातर्फ १ सय खेलाडीले १० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । त्यस्तै ७५ खेलाडी सहभागी शारीरिक अपांगतर्फ १० स्पर्धा समावेश थिए ।