मेलम्चीमा कराते प्रतियोगिताको तयारी

मेलम्चीमा कराते प्रतियोगिताको तयारी


नेपाल गोजु–रियो कराँते डो संघ र मेलम्ची डोजोको आयोजनामा मेलम्ची मेयर कप खुल्ला कराँते प्रतियोगिता आगामी जेठ ३ र ४ मा हुने भएको छ ।

खेलकूद क्षेत्रको माध्यमबाट मेलम्ची नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र युवा पुस्तालाई खेल क्षेत्रमा आकर्षित गराउने उद्देश्यका साथ सो प्रतियोगिता आयोजना गरेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा ४० वटा स्पर्धामा विभिन्न उमेर समुह गरेर ३०० (महिला र पुरुष) जना खेलाडीहरुले सहभागिता जनाउने छन् । सो प्रतियोगिताका विजयी हुने खेलाडीहरुलाई नगद , मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक सानुबाबु गिरीले बताए ।

अनुमानित लागत खर्च १० लाख लाग्ने आयोजकको भनाई छ । सो प्रतियोगिताले मेलम्ची नगरपालिका र यस भेगमा कराँते खेलप्रति युवाहरुको आकर्षण बढ्ने विश्वास लिइएको छ ।