चौथो बीएनए बास्केटबल कप सुरु

चौथो बीएनए बास्केटबल कप सुरु


बसुन्धारा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा चौथो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बैशाख २६ गते बिहीबारदेखि शुरु भएको छ । प्रतियोगितामा सिनियर ब्वाइजमा १६ तथा जुनियर ब्वाइजमा २४ गरी ४० टिमको सहभागिता रहने बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंले आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

सिनियरमा सहभागिलाई ४ तथा जुनियरमा सहभागीलाई ८ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । सिनियर ब्वाइजको खेल ३ बाइ ३ स्वरुपमा हुनेछ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । जेठ ४ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु बसुन्धारास्थित आयोजककै कोर्टमा हुनेछ । सिनियरमा भ्याली पब्लिक तथा जुनियरमा लालीगुराँस नेसनल एकेडेमी डिफेन्डिङ च्याम्पियन हुन् ।