आजको पञ्चाङ्ग एवम् राशिफल (२६ वैशाख २०७६ बिहीबार, ९ मे २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (२६ वैशाख २०७६ बिहीबार, ९ मे २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४१ नेपाल सं. ११३ वसन्त ऋतु वि.सं. २०७६ वैशाख २६ गते बिहीबार तद्अनुसार सन् २०१९ मे ९ तारिख वैशाख शुक्लपक्ष पञ्चमी तिथि आर्र्दा नक्षत्र १५ः४५ पर पुनर्वशु नक्षत्र धृति योग बब करण १२ः३१ पर कौलव करण आनन्दादिमा काण योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय विहान ५ः२१ मा भयो र सूर्यास्त साँझ १८ः४२ मा हुनेछ । आद्यगुरु शंकराचार्य, रामानुजाचार्य जयन्ति, कानून दिवस । शुभ समय अभिजित ११ः३४ देखि १२ः२७, अशुभ योग राहुकाल १३ः४१ देखि १५ः२१, दिशा शूल–दक्षिण ।

आजको राशिफल

मेष राशि – समस्याको समाधान खोज्नुहुनेछ । धनसम्पति बढ्ला । आँट–उत्साह वृद्धि हुनेछ । सुख–समृद्धि बढ्ला । यात्रा होला । इष्टमित्रको सहयोग प्राप्त होला ।

बृष राशि – विकासको नयाँ सम्भावना देखापर्ला । आशा–उत्साह बढ्ला । आर्थिक काममा सफलता मिल्नेछ । साथीभाइको सहयोग मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । सुख–समृद्धि बढ्ला । मान महत्व ऐश्वर्य बढ्नेछ । पारिवारिक सुख बढ्नेछ ।

मिथुन राशि – आर्थिक पक्ष बलियो बन्नेछ । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । मान–पुरस्कार भेटिएला । सुख–शान्ति बढ्नेछ । पारिवारिक सुख बढ्ला । वार्तामा सफलता मिल्नेछ । भोज–भतेरमा भाग लिनुहुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

कर्कट राशि – सुख समृद्धि बढ्नेछ । विलासी काम बन्नेछ । मिठो भोजन मिल्नेछ । सुखको बस्तु मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । खर्च बढ्ला । मनोकूलको काम बनेर मन प्रशन्न हुनेछ ।

सिंह राशि – आय बढ्ला । खेलकूद भ्रमणमा रुचि बढ्नेछ । हांसविलासमा पनि आकर्षण बढ्ला । मिठो भोजन मिल्नेछ । समृद्धि बढ्नेछ ।

कन्या राशि – अन्नधन बढ्ला । सुख–शान्ति बढ्नेछ । आय वृद्धि हुनेछ । उधारो लगानी लगाइएको धन उठ्नेछ । कार्य क्षेत्रमा सफलता प्राप्त हुनेछ । पारिवारिक जीवन र कार्यव्यपारको क्षेत्रमा अनुकूलता बढ्ला ।

तुला राशि – दिन शुभ र सफलतादायक रहला । यश वर्चश्व बढ्नेछ । धन पद प्रतिष्ठा बढ्नेछ । सरकारी क्षेत्रसित सम्बन्धित काम बन्नेछ । हाकिमको सहयोग मिल्नेछ ।

वृश्चिक राशि – यात्रा हुनेछ । कठोर परिश्रमले काम बन्नेछ । जोखिमपूर्ण कर्ममा रुचि बढ्नेछ तर यस्ता कार्यमा नलाग्नु बेस रहला । भागदौड बढ्ला । ऐन–कानूनलाई ध्यानमा राख्नुपर्नेछ ।

धनु राशि – शारीरिक र आर्थिक काममा सफल रहनुहुनेछ । आलश्य नगर्दा उचित रहला । स्वास्थ्य र चोटपटक लाग्न सक्ने सम्भावना हटेर शुभता बढ्ला, रक्षाहुनेछ । अरुको भरमा नबसी आफ्नै बल–विवेकले काम गर्नु उचित हुनेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मकर राशि – सुख आनन्द बढ्ला । साझेदारीसित सम्बन्धित काम बन्नेछ । जीवनसाथीको साथ पाइनेछ । आर्थिक प्रगति होला । मिठो भोजन मिल्नेछ । धन सम्पत्ति बढ्नेछ । भोगविलासमा आकर्षण बढ्ला ।

कुम्भ राशि – आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । इष्टमित्र सन्तानको सहयोग मिल्नेछ । आर्थिक सफलता मिल्नेछ । शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग मिल्ला । विजयश्री मिल्नेछ ।

मीन राशि – कार्यमा सफलता मिल्नेछ । सन्तति सुख बढ्ला । बौद्धिक र रचनात्मक काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । गीत–संगीतमा आकर्षण बढ्ला । आमोदप्रमोदमा रमीरहनुहुनेछ । सुखशान्ति र आनन्द बढ्ला । देखापरेको समस्याको समाधान मिल्नेछ ।